सेवाहरू
निर्माणका लागि तपाईंको भरपर्दो साझेदार हामी गुणस्तरीय निर्माण कार्य र निर्माण सामग्री आपूर्ति सेवाहरू मार्फत तपाईंको सपना साकार पार्न कटिबद्ध छौं। सानाठूला घरदेखि ठूला संरचनासम्म, हाम्रो विशेषज्ञ टोलीले समयमै, सुरक्षित, र दिगो निर्माण समाधान प्रदान गर्दछ।
गुणस्तरीय सेवाहरू
निर्माण सेवाहरू
हामी आवासीय, व्यावसायिक तथा औद्योगिक निर्माणका लागि सम्पूर्ण सेवा प्रदान गर्छौं। सुरुवातदेखि अन्त्यसम्म, गुणस्तर, सुरक्षा, र समयपालनामा हामी कुनै सम्झौता गर्दैनौं। विशेषता: ✅ गुणस्तरीय काम ✅ इन्जिनियरद्वारा सुपरिवेक्षण ✅ समयसीमा अनुसार कार्य सम्पन्न
निर्माण सामग्री आपूर्ति
हामी विभिन्न प्रकारका उच्च गुणस्तरका निर्माण सामग्रीहरू प्रत्यक्ष साइटमा आपूर्ति गर्दछौं। भरपर्दो ढुवानी सेवा र प्रतिस्पर्धी मूल्य हाम्रा विशेषता हुन्। बालुवा (River Sand / Crushed Sand) , गिट्टी/स्टोन (Aggregates) , इँटा (Red Bricks) , सिमेन्ट, रड, ग्राभेल, मेटल l सेवा विशेषता: 🚛 समयमै डेलिभरी 📦 गुणस्तरीय सामग्री 📍 सिधा साइटमा आपूर्ति
परियोजना व्यवस्थापन तथा परामर्श
हामी तपाईंको निर्माण परियोजनालाई व्यवस्थित र प्रभावकारी बनाउन प्राविधिक सल्लाह र व्यवस्थापन सेवा प्रदान गर्छौं। परियोजना योजना र समय तालिका , बजेट अनुमान तथा लागत नियन्त्रण , निर्माण गुणस्तर र सुरक्षा अनुगमन , इन्जिनियरिङ तथा निर्माण परामर्श सेवा l किन हामी? 👷 अनुभवी प्रोजेक्ट म्यानेजर 🧾 पारदर्शी मूल्य 🔍 गुणस्तरमा कुनै सम्झौता छैन
ढुवानी तथा लजिस्टिक्स सेवा
निर्माण सामग्रीहरू तपाईंको साइटमा समयमै, सुरक्षित र प्रभावकारी रूपमा पुर्याउने हाम्रो जिम्मेवारी हो। निर्माण सामग्री ढुवानी , साइटमा अनलोडिङ तथा व्यवस्थापन सहयोग l
अनुकूल निर्माण समाधान
तपाईंको आवश्यकता अनुसार निर्माण कार्यका लागि हामी विशेष समाधानहरू पनि प्रदान गर्छौं।
हाम्रो वाटरप्रूफिङ सेवा
हामी विभिन्न प्रकारका घर तथा व्यवसायिक भवनहरूको लागि निम्न वाटरप्रूफिङ सेवा प्रदान गर्छौं:
१. भुइँतलाको वाटरप्रूफिङ (Basement Waterproofing]
२. छाना वाटरप्रूफिङ (Roof Waterproofing)
४. बाथरूम र भिजेका क्षेत्रहरूको वाटरप्रूफिङ
५. बाल्कनी र छतको वाटरप्रूफिङ
